९ माघ २०८१, बुधबार

लुम्बिनी प्रदेश सभामा प्रशिक्षण प्रतिष्ठान स्थापना सम्बन्धी विधेयक पेस
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सभामा लुम्बिनी अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको स्थापना, सञ्चालन तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएको छ । सोमबार बसेको प्रदेश सभा बैठकमा उक्त विधेयक मुख्यमन्त्री चेतनारायण आचार्यका तर्फबाट भौतिक पूर्वाधारमन्त्री भूमिश्वर ढकालले पेस गरेका हुन् ।

बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्यहरूले प्रदेशमा बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न, छाडा चौपाया नियन्त्रण गर्न, रातो किताबमा उल्लेख भएका योजनाहरू अहिलेसम्म पनि ठेक्का लाग्न नसकेको र सरकारले विकास बजेट खर्च गर्न नसकेको भन्दै सदनमार्फत सरकारको ध्यानाकर्षण गराएका थिए ।

  • ८ माघ २०८१, मंगलवार प्रकाशित

  • Nabintech