बाँके\बाँकेमा पछिल्लो समयमा उद्योग तथा फर्महरु खारेज गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । चालु आवको पुस मसान्तसम्म छ महिनाको समय अवधिमा घरेलु तथा साना उद्योग कार्यालय बाँकेमा तीन सयभन्दा बढी उद्योग तथा फर्म खारेज भएका छन् ।
कार्यालयका प्रमुख प्रमुख उद्योग अधिकृत रमेशबहादुर बुढाथोकीका अनुसार यस चालु आवको छ महिनामा उद्योगतर्फ १०८ र वाणिज्यतर्फ २३८ गरी जम्मा ३४६ उद्योग तथा फर्म खारेज भएका हुन् ।
यो चालु आवको छ महिनामा उत्पादनमूलक, कृषि तथा वन्यजन्तु, पर्यटनमूलक, सेवामूलक लगायतका उद्योगतर्फ १०८ र वाणिज्यतर्फ प्राइभेट र साझेदारी फर्म २३८ गरी जम्मा ३४६ उद्योग तथा फर्महरु खारेज भएका छन ।”बुढाथोकीले भनेका छन।