बाँके\तराईका धेरै स्थानमा हुस्सु लागेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । हुस्सु केही दिन कायम रहने सम्भावना छ ।
तराईका धेरै स्थानमा हुस्सु लाग्ने र त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, यातायात तथा हवाई उड्डयनमा असर पर्नसक्ने भएकाले सम्बद्ध सबैलाई सतर्कता अपनाउन मौसमविदले अनुरोधसमेत गरेका छन् ।