२३ माघ २०८१, बुधबार

बाँके प्रहरीले नियन्त्रणमा लियो दुई अभियुक्त
  • न्युज मानसराेवर

बाँके\बाँके प्रहरीले फरार दुई अभियुक्तलाई नेपालगन्जबाट पक्राउ गरेको छ । जाजरकोट कुशे गाउँपालिका–८ निवासी २३ वर्षीय जगतसिंह ठकुरी र नेपालगन्जका ५० वर्षीय राकेश वाल्मीकिलाई मंगलबार पक्राउ गरिएको हो ।

२०८१ असार २८ गते राती १० बजे नेपालगन्ज उपमहानगरपालिका टाँगा स्टेसननजिकै इरसाद कवडियामाथि ठकुरीले हतियार प्रहार गरेका थिए । ठकुरीलाई गएराती नेपालगन्ज गेस्ट हाउसबाट पक्राउ गरिएको हो भने माघ १९ गते राति नेपालगन्ज–११ मा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको घटनामा फरार रहेका मोटरसाइकल चालक वाल्मीकिलाई घरबाटै पक्राउ गरिएको  बाँके प्रहरीले जानकारी गराएको छ ।

  • २२ माघ २०८१, मंगलवार प्रकाशित

  • Nabintech