बाँके\रुकुम पूर्वमा तीन जनाको शव फेला परेको छ । हत्या गरिएको अवस्था दुई जनाको शव फेला परेको छ भने एक जनाको लडेर मृत्यु भएको छ । दुई जनाको हत्या गरी भाग्ने क्रममा एक जनाको लडेर मृत्यु भएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।
प्रहरीका अनुसार रुकुम पूर्व भूमे गाउँपालिका–४ तल्लो साकिमका ५१ वर्षीय चन्द्रसिङ पुनमगरले छिमेकी ६० वर्षीय ढाटी बुढामगर र उनका ८ महिनाको नाति सिजन बुढामगरको खुकुरी प्रहार गरी हत्या गरेका छन् ।
हत्या गरेर गरेर भाग्ने क्रममा खोलामा लडेका चन्द्रसिंह पुनको पनि शव फेला परेको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डीएसपी माधवराज खरेलले रातोपाटीलाई जानकारी दिए । हत्यामा संलग्न व्यक्तिको खोजी गर्दा उनको पनि शव फेला परेको डीएसपी खरेलले बताए ।शवलाई पोस्टमार्टम लागि जिल्ला अस्पताल ल्याएको उनले बताए । उनले हत्याको कारण नखुलेको बताए । प्रहरीले घटनाको अनुसन्धान जारी राखेको उनले बताए ।