१० फाल्गुन २०८१, शनिबार

बाँकेमा शत प्रतिशतलाई एचपिभी खोप
  • न्युज मानसराेवर

बाँके\बाँके जिल्लामा लक्षित समुहका शतप्रतिशत बालिका र किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाइएको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका खोप फोकल पर्सन नरेश श्रेष्ठका अनुसार बाँके जिल्लामा १५ दिनमा सम्पन्न गरिएको एचपिभी खोप अभियान अन्तर्गत ३३ हजार ३७५बालिकालाई खोप लगाउने लक्ष्य निर्धारण गरिएकोमा ३२ हजार ९९९ बालिकालाई अर्थात ९९ प्रतिशतलाई खोप लगाइएको छ ।

  • ७ फाल्गुन २०८१, बुधबार प्रकाशित

  • Nabintech