१९ फाल्गुन २०८१, सोमबार

वन उपभोक्ता महासङ्घसँग वार्ता गर्न लुम्बिनी प्रदेश सरकारद्वारा समिति गठन
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सरकारले वार्ता समिति गठन गरेको छ । सामुदायिक वन उपभोक्ता महासङ्घले राखेका विभिन्न मागहरूको बारेमा छलफल गर्न मुख्यमन्त्री स्तरीय बैठकबाट एक उच्चस्तरीय वार्ता समिति गठन गरिएको हो ।

लुम्बिनी प्रदेशसभा अन्तर्गत रहेको कृषि, वन तथा वातावरण समितिका सभापति विश्व प्रेम पाठक संयोजक रहेको पाँच सदस्यीय वार्ता समिति गठन गरिएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव मोहन अर्यालले जानकारी दिए ।

वार्ता समितिमा लुम्बिनी प्रदेशसभा सदस्य अर्जुनकुमार केसी, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव ईश्वरराज पौडेल, आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव डिलाराम पन्थी र सदस्य सचिवमा वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्ले रहेका
छन् । सामुदायिक वन उपभोक्ता महासङ्घले राखेका मागहरूको सम्बन्धमा गठित वार्ता समितिले छलफल गर्नेछ ।

सामुदायिक वन उपभोक्ता महासङ्घले प्रदेश आर्थिक ऐन २०८१ बमोजिम सामुदायिक वन उपभोक्ता समूहमा लगाएको वन पैदावार शुल्क खारेजी लगायतका माग राख्दै आन्दोलन गर्दै आएको छ ।

  • १८ फाल्गुन २०८१, आईतवार प्रकाशित

  • Nabintech