महोत्तरी\महोत्तरीको भंगहा नगरपालिका प्रमुख सञ्जीवकुमार साहले सबै शाखा र वडा कार्यालयको साँचो प्रमुख जिल्ला अधिकारी (सीडीओ) लाई बुझाएका छन् ।
विगत डेढ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत नआएपछि कामकाज प्रभावित भएको भन्दै उनले आइतबार प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीलाई साँचो बुझाएका हुन् ।
नगर प्रमुख साहले सबै शाखा र वडा कार्यालयमा ताला लगाएर त्यसको साँचो प्रमुख जिल्ला अधिकारीलाई बुझाएका हुन् ।