सुर्खेत\कर्णाली प्रदेश सरकारले प्रदेश मातहतका जिल्लाका कार्यालयलाई पत्राचार गरेर आयोजनाको प्रस्ताव माग गरेको छ। आगामी आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वन गर्नेगरी जिल्लास्थित कार्यालयमा प्रदेश सरकारका मन्त्रालयबाट आयोजनाको प्रस्ताव माग गरिएको हो।
सबै मन्त्रालयबाट जिल्लास्थित कार्यालयमा पत्राचार गरी आयोजनाको प्रस्ताव माग गर्न सार्वजनिक सूचनामार्फत निर्देशन दिइएको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विनोदकुमार शाहले जानकारी दिए।
उनका अनुसार आयोजना प्रस्ताव तथा छनोट प्रक्रियासम्बन्धी कार्यविधि, २०८१ मा व्यवस्था भएबमोजिम आव २०८२/८३ मा कार्यान्वयनका लागि आगामी चैत १ गतेभित्र आयोजनाको विवरण पेस गर्न निर्देशन दिइएको छ। हालसम्म भएका काममा दोहोरो नपर्ने गरी कर्णाली प्रदेश आयोजना प्रस्ताव तथा छनोट प्रक्रिया कार्यविधि, २०८१ अनुसूची १ को विषय क्षेत्रको आधारमा रही अनुसूची २ बमोजिमको ढाँचामा प्रस्ताव माग निर्देशन दिइएको उनको भनाइ छ।