कोहलपुर\लुम्बिनी प्रदेशमा आज भव्य रुपमा होली पर्व मनाइएको छ ।
तराई क्षेत्रमा फागु पूर्णिमाको भोलिपल्ट मनाइने होली आज बिहानैदेखि रमाइलो माहौलमा मनाइएको हो ।
आपसी प्रेम, सद्भाव र भाइचाराको प्रतीक मानिने होली पर्व विशेष गरी हिन्दु समुदायले उल्लासका साथ मनाउने परम्परा रहँदै आएको छ । नेपाल सरकारले आज तराईका २२ जिल्लामा होलीको बिदा दिएको छ ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये आज तराई क्षेत्रका ६ जिल्लामा सार्वजनिक बिदा दिइएको छ ।
बाँके, बर्दिया बुटवल, भैरहवा, कपिलवस्तुको तौलिहवा लगायतका विभिन्न सहरमा होली मिलन कार्यक्रमहरू सम्पन्न भएका छन् ।