बाँके\बाँकेको डुडुवामा रहेको जयेन्दु बाल सुधारगृहलाई प्रहरीले नियन्त्रणमा लिएको छ । शुक्रवार राति बाल सुधारगृहमा बालबन्दीविच झडप हुँदा ६ भन्दा बढी बालबन्दी घाइते भएका छन् । ५० जना जति बालबन्दी प्रहरी नियन्त्रणमा आएका छन् ।
लामो समयको कसरतपछि केहीबेर पहिले मात्र ठुलो संख्यामा बाल सुधारगृहमा पुगेको प्रहरीले सुधारगृहमा छिरेर बालबन्दीलाई नियन्त्रणबाट मुक्त गराउन सफल भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।