३ चैत्र २०८१, सोमबार

भएरहित वातावरणमा परिक्षा सञ्चालन गर्न नेकपा एमालेको माग
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुरमा नेकपा एमाले नगर कमिटिले  कोहलपुर नगरपालिकाले सञ्चालन गर्ने सवैखाले परिक्षाहरु विद्यार्थीहरुमाझ डर, त्रास र मनोवैज्ञानिक असर पर्न नहुने गरि सञ्चालन गर्न आव्हान गरेको छ ।

परिक्षालाई मर्यादित वनाउने नाममा कोहलपुर नगरपालिकाले अस्थाई सिसि क्यामेरा जडान गराउदै वडा अध्यक्षहरुलाई परिक्षामा खटाउने हल्ला फिजाई परिक्षामा सम्मिलित हुने विद्यार्थीहरुलाई अन्तिम समयमा मनोवैज्ञानिक डर त्रास देखाई आतंकित गराउने कार्यप्रति हामी घोर आपत्ति जनाउँदछौं विज्ञप्तिमा उल्लेख गरिएको छ।

विगतका वि.एल.इ.को परिक्षा नतिजालाई लिएर  (स्थानिय निकाय) कर्मचारी र सरोकारवालाहरुविच तिव्र वाद विवाद उत्पन्न भएको सर्वविविदै छ भन्दै नेकपा एमाले नगर कमिटि कोहलपुरका अध्यक्ष कुल बहादुर भट्टराईद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विद्यार्थी तथा परिक्षामा खटिएका शिक्षक, कर्मचारीहरुको मनोवल गिराउने कुनै हर्कत नगर्न चेतावनि दिंदै नेकपा एमाले नगर कमिटिले परिक्षा अनुगमन भन्दै जन प्रतिनिधि खटाउने जस्तो लज्जास्पद निर्णय सच्चयाउन र परिक्षा हलमा हुलका हुल मान्छे जाने परिपाटिको अन्त्य गर्न माग समेत गरेको छ । यस्तो सस्तो लोकप्रियताका कदमहरु नसच्चिय नेकपा एमाले कडा प्रतिवाद गर्न तयार रहेको हामी चेतावनि दिन चहान्छौं एमालेको विज्ञप्तिको अन्तिममा भनिएको छ ।

  • २ चैत्र २०८१, आईतवार प्रकाशित

  • Nabintech