बाँके\पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिकामा चौधरी फाउण्डेसनको सहयोगमा शुद्ध खानेपानीको व्यवस्था गरिएको छ। प्रतापपुरको वडा नम्बर ९ मा पर्ने प्रतापपुर गाउँमा करिब १३ बर्षदेखि जीर्ण अवस्थामा रहेको खानेपानी आयोजनाको स्तरोन्नति गरी पुनः सञ्चालनमा ल्याइएको हो।