६ बैशाख २०८२, शनिबार

‘प्राविधिक विश्वविद्यालयलाई जग्गा दिइने’
  • न्युज मानसराेवर

बाँके\भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय निर्माणका लागि जग्गा उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउनुभएको छ ।

लुम्बिनी प्राविधिक विश्वविद्यालयको निर्माणस्थल बाँकेको खजुरा गाउँपालिका–८, रनियापुरमा सोमबार स्थलगत निरीक्षण तथा अनुगमनपछि मन्त्री अधिकारीले अबको मन्त्रीपरिषद् बैठकले जग्गा लिजमा दिने निर्णय हुन सक्ने जानकारी दिएका छन।

मन्त्री अधिकारीले भन्नुभयो, “लिज कार्यनीति समयमै नबन्दा जग्गा उपलब्ध गराउने कार्यमा ढिलाइ भएको हो, अब लगत्तैको मन्त्रीपरिषद् बैठकमा कार्यनीति पेस गर्ने तयारी छ ।” समितिबाट फिर्ता ल्याएर कार्यनीति बैठकमा पेस गर्न बाँकी रहेको मन्त्री अधिकारीले भनेका छन।

मन्त्री अधिकारीले शिक्षा मन्त्रालको निर्णय अनुसार विश्वविद्यालयलाई ५० बिघा जग्गा लिजमा दिने प्रक्रिया अघि बढाइएको जानकारी गराए ।

  • २५ चैत्र २०८१, मंगलवार प्रकाशित

  • Nabintech