५ बैशाख २०८२, शुक्रबार

सल्यानमा ५९ वर्षीय पुरुषद्वारा तीन नाबालिका बलात्कार
  • न्युज मानसराेवर

सल्यान\सल्यानमा किराना पसल सञ्चालन गर्दै आएका ५९ वर्षीय एक पुरुषले तीन नाबालिकामाथि बलात्कार गरेको खुलेको छ ।चैत ९ गते जिल्लाको कालिमाटी गाउँपालिका-४ का ५९ वर्षीय इन्द्रबहादुर पुनले तीन नाबालिकालाई जबर्जस्ती करणी गरेको भन्दै इलाका प्रहरी कार्यालय लुहाममा बालिकाका अभिभावकले चैत १२ गते जाहेरी दिएका थिए । सोही दिन प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

‘एक बालिका पाँच वर्षकी छन् । अर्की ६ वर्ष र अर्की ७ वर्षकी बालिका छन् । त्यो दिन ती तीनै बालिका त्यो पसलमा गएका रहेछन् । त्यसअघि पनि ती बालिका त्यही पसलबाट चकलेट, बिस्कुट किनेर खाने रहेछन् ।

चकलेट र बिस्कुट दिन्छु भनेर ती नाबालिकालाई आरोपीले फकाएछन्’, जिल्ला प्रहरी कार्यालय सल्यानका डीएसपी केशर न्यौपानेले भने, ‘चैत ९ गते तीन नाबालिकाका अंग चलाउने, उनीहरूको गोप्य अंगमा औंला घुसाउने जस्ता कुकार्य गरेका रहेछन् । त्यसपछि एक बालिकाका बुवाआमालाई बालिकाको हिडाईंमा समस्या भएको शंका लागेछ । त्यही शंकाको आधारमा आमाले छोरीलाई सोध्दा जबर्जस्ती करणी भएको बताइछन् ।’

मुद्दा दर्ता भएपछि प्रहरीले पुनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि ढाएको थियो । मंगलबार पुनमाथि भएको अनुसन्धान प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाइएको छ । प्रहरीले पुनलाई जन्मकैदको माग गरेको छ ।

‘ती बालिकाहरूको स्वास्थ्य जाँच पनि गरेका थियौं । तीन जनामध्ये दुई बालिकाको गोप्य अंगमा घाउ देखिएको पुष्टि भएको छ । एक बालिकाको भने त्यस्तो घाउ देखिएको छैन’,डीएसपी न्यौपानेले भने,‘सोही अनुसार हामीले प्रतिवेदन तयार गरेका छौं ।दुई बालिकामाथि जबर्जस्ती करणी गरेको आरोपीले स्वीकार गरिसकेको अवस्था छ तेस्रो बालिकामाथि आफूले जबर्जस्ती करणी नगरेको बयान दिएका छन् ।’

  • ३ बैशाख २०८२, बुधबार प्रकाशित

  • Nabintech