२७ बैशाख २०८२, शनिबार

खजुरा गाउँपालिकाले सम्पन्न गर्याे सार्वजनिक सुनवाइ
  • न्युज मानसराेवर

बाँके/ खजुरा गाउँपालिकाले आफ्नो  दाेस्राे चाैमासिक  सार्वजनिक सुनवाइ सम्पन्न गरेकाे छ ।

 खजुरा गाउँपालिकाकाे आयाेजना तथा उत्पिडित सामुदायिक विकास केन्द्रकाे सहजिकरणमा उक्त दाेस्राे चाैमासिक सार्वजनिक सुनवाइ सम्पन्न गरेकाे हाे ।  खजुरा गाउँपालिका वडा नं८ काे कार्यालय प्रङगनमा १ सय ४५ जनाकाे सहभागीता रहेकाे थियाे ।

कार्यक्रममा खजुरा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृ बस बहादुर रानाले चाैमासिक रूपमा गाउँपालिकाले सम्पन्न गरेका कामहरूकाे विवरण प्रस्तुत गरेका थिए ।   रानाले कूल बजेट २० कराेड मा  ८० प्रतिशत याेजनाहरू सम्पन्न हुन लागेकाे जानकारी समेत गराए ।

सार्वजनिक सुनवाइ कार्यक्रममा  जनता आवस कार्यक्रम , सरसफाइ ,कृषि उत्पादन लुम्बिनी प्राविधिक  विश्व विद्यालयकाे जग्गा मुवाब्जा , स्वास्थ संस्थाहरूकाे सवलिकरण , विद्यालय सुधार, ढल निकास , विधुतिकर ,सुकुम्बासी समस्या समाधान लगाएतका प्रश्नहरू साेधिएकाे
थियाे ।

प्रमुख जवाफदेही वक्ता खजुरा गाउँपालिका अध्यक्ष डम्बर बहादुर विकले गाउँपालिकाले जनताका आधारभूत आवश्यकताहरूलाई परिपुर्ति गर्दै विकास निर्माणमा लागिरहेकाे बताए ।

उनले जनता आवश कार्यक्रम तथा विभिन्न संघ सस्था मार्फत घरकाे छाना मुक्त गर्ने अभियानमा गाउँपालिकाले काम गर्दै आईरहेकाे बताए ।

विकले लुम्बिनी प्राविधिक विश्व विद्यालयलेकाे जग्गा मुवाब्जाकाे विषय लुम्बिनी प्रदेश सरकारले गर्ने हुदाँ आफुले सम्बन्धित निकायमा आवाज उठाईरहेकाे बताए ।  विकले सुकुम्बासी समस्या  समाधान अर्काे सरकार परिवर्तन नभए आफ्नै कार्यकालमा सम्पन्न हुने बताए ।  कार्यक्रममा ६ बुंदे प्रतिबद्धता जनाएका थिए ।

  • २६ बैशाख २०८२, शुक्रबार प्रकाशित

  • Nabintech