१ जेष्ठ २०८२, बुधबार

शिक्षा विभागले बुझायो ध्यानाकर्षणपत्र
  • न्युज मानसराेवर

बाँके\नेकपा एमाले शिक्षा तथा मानव श्रोत विभाग बाँकेले शिक्षा क्षेत्रको नीतिगत सुधार र बजेट वृद्धिको माग गर्दै स्थानीय पालिकाहरुलाई ध्यानाकर्षण बुझाएको छ । विभागले शिक्षा क्षेत्रलाई उच्च प्राथमिकता दिएर आगामी आर्थिक वर्ष ०८२ ०८३ का लागि बजेट विनियोजन गर्न स्थानीय तहको ध्यानाकर्षण गराएको हो ।

मंगलवार कोहलपुर नगरपालिका र राप्तीसोनारी गाउँपालिकामा ध्यानाकर्षणपत्र बुझाउँदै विभागले उक्त माग गरेको हो । विभागका बाँके अध्यक्ष सूर्यबहादुर रोकायले विद्यालयको भौतिक तथा शैक्षिक गुणस्तरवृद्धिका लागि स्थानीय पालिकालाई ध्यानाकर्षण गराइएको जानकारी दिए ।

  • ३० बैशाख २०८२, मंगलवार प्रकाशित

  • Nabintech