बाँके\बाँके जिल्लाका आठ वटा स्थानीय तहमध्ये सबैभन्दा बढी बेरुजु बैजनाथ गाउँपालिकाको रहेको छ । महालेखाले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०-०८१ को प्रतिवेदन अनुसार बाँकेको आठ वटा स्थानीय तहमध्ये बैजनाथ गाउँपालिकाको सबैभन्दा बढी बेरुजु ३.३४ प्रतिशत रहेको प्रतिवेदनमा उल्लेख गरेको छ ।
त्यसै गरी आठ वटा स्थानीय तहमध्ये खजुरा गाउँपालिकाको सबैभन्दा कम १.५० प्रतिशत मात्र बेरुजु देखिएको छ ।
खजुुरा गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर विकले जिल्लामा सबैभन्दा कम बेरुजु देखिएकोमा सन्तोष प्रकट गर्दै आगामी आर्थिक वर्षमा बेरुजुलाई शुन्यमा पुर्याउने लक्ष्यका साथ काम भइरहेको जानकारी गराएका छन।
सोही प्रकारले कोहलपुर नगरपालिकाको बेरुजु १.६६ प्रतिशत, राप्ती सोनारी गाउँपालिकाको २.०५ प्रतिशत, नेपालगन्ज उपमहानगरपालिकाको २.२९ प्रतिशत, डुडुवा गाउँ पालिकाको २.७२ प्रतिशत, जानकी गाउँपालिकाको २.८६ प्रतिशत र नरैनापुर गाउँपालिकाको ३.०२ प्रतिशत बेरुजु रहेको महालेखाको लेखापरीक्षण प्रतिवेदनमा जनाइएको छ ।