१० जेष्ठ २०८२, शुक्रबार

आज लुम्बिनी प्रदेशसभा बैठक बस्दै
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सभाको छैटौँ अधिवेशनको छैटौँ बैठक आज शुक्रवार दिउँसो १ बजे बस्ने भएको छ ।

बैठकको सम्भावित कार्यसूची अनुसार प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरले प्रदेश सभालाई सम्बोधन गर्दै प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रमको एक प्रति मुख्यमन्त्री चेतनारायण आचार्यले सभासमक्ष पेश गर्नेछन् ।

त्यसपछि सो कार्यक्रमको सम्बोधनप्रति धन्यवाद ज्ञापन गर्ने प्रस्ताव प्रदेश सभा सदस्य तुलसीप्रसाद चौधरीले पेश गर्ने र सो प्रस्तावलाई प्रदेश सभा सदस्य जमुना ढकालले समर्थन गर्नेछिन् ।

प्रस्तावलाई निर्णयार्थ सभामुख तुलाराम घर्तिमगरले प्रस्तुत गर्ने सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ ।गत जेठ ५ गते प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत भएको थियो । अब केही दिन नीति तथा कार्यक्रममाथि प्रदेश सभामा छलफल हुनेछ ।

  • १० जेष्ठ २०८२, शुक्रबार प्रकाशित

  • Nabintech