बाँके\भारतको उत्तर प्रदेश मान्यता प्राप्त पत्रकार एशोसिएसनले बहराईच जिल्लामा आइतबार आयोजना गरेको अन्तर्राष्ट्रिय पत्रकार सम्मेलन–२०२५ कार्यक्रममा गोरखापत्रकर्मी सिराज खान रेडियो नेपालका संवाददाता आलम खान, रेडियो मर्निङ स्टारका सम्पादक डा.डक्टप्रसाद धिताल र गुड न्यूज डटकमका संवाददाता सविता चन्द ठकुरी सम्मानित भएका छन।
नेपाली पत्रकारितामार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा योगदान पुरयाएको उल्लेख गर्दै बाँकेका चार जना पत्रकारलाई सम्मान गरिएको हो ।
वरिष्ठ महामण्डलेश्वर स्वामी रवि गिरि जी महाराज, उत्तर प्रदेशका विधायक राम निवास बर्मा, विधायक सुभाष त्रिपाठी र सदाब हुसेनद्वारा हस्ताक्षरित सम्मान पत्रलाई प्रेस काउन्सिल भारतका पूर्व सदस्य रजा हुसेन रिजबीले संयुक्त रुपमा पत्रकारहरुलाई हस्तान्तरण गरेर सम्मानित गरेका हुन।