६ असार २०८२, शुक्रबार

बक्तित्वकला प्रतियोगिता संचालन गर्दै प्याब्सन कोहलपुर
  • न्युज मानसराेवर

कोहलपुर \निजी तथा आवसीय विद्यालय अर्गनाइजेशन नेपाल प्याब्सन कोहलपुरको आयोजनामा माध्यामिक तथा आधारभूत तहगत रुपमा बक्तित्वकला प्रतियोगिता संचालन गर्ने भएको छ । प्याब्सन कोहलपुरका अध्यक्ष रमेश केसीका अनुसार अध्यापनसँगै बालबालिकाहरुमको चौतर्फी विकास गर्नाका निम्ति बक्तित्वकला प्रतियोगिता आयोजना राख्न लागिएको बताए ।

उक्त बक्तित्वकला प्रतियोगितामा कोहलपुर प्याब्सनका २८ वटा विद्यालयहरुको सहभागिताका निम्ति आह्वान गरिएको प्याब्सन कोहलपुरका सचिव मित्रलाल वलीले बताए ।

हामीले समाज प्रति बालबालिकाहरुको भूमिका बारे वातावरण संरक्षणमा बालबालिकाहरुको भूमिका विषयमा बक्तित्वकला प्रतियोगिता राखेका छौँ’ यसले भविष्यमा बालबालिकाहरुले समाजप्रति जवाफदेही र उत्तरदायित्व निर्वाह गर्नाका निम्ति समेत योगदान गर्ने विश्वास लिएका अध्यक्ष केसी भन्छन।’उक्त वक्तित्वकला वातावरण संरक्षणमा विद्यार्थीको भूमिका युवा र राष्ट्रियता भन्ने शिर्षकमा राखिएको छ ।

त्यसै गरी प्याब्सन कोहलपुरले साना बालबालिकाहरुका निम्ति र्याम्स प्रतियोगिता समेत आयोजना गरिएको प्याब्सन कोहलपुरले जनाएको छ ।

  • ५ असार २०८२, बिहीबार प्रकाशित

  • Nabintech