बाँके \बाँके राष्ट्रिय निकुञ्जले च्याउ सङ्कलन गर्नका लागि सशुल्क निकुञ्जको जङ्गल क्षेत्र खुला गरेको छ । जङ्गलमा पाइने च्याउ सङ्कलन गर्न स्थानीयहरूका लागि सशुल्क जङ्गल क्षेत्र खुला गरिएको निकुञ्जले जनाएको छ ।
बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने स्थानीय बासिन्दाहरूका लागि असार ९ गते सोमबारदेखि लागु हुने गरी असार १५ गतेसम्म एक हप्ताका लागि निकुञ्ज क्षेत्रबाट च्याउ सङ्कलन गरी निकासी गर्न सुविधा प्रदान गरिएको निकुञ्जका सूचना अधिकारी मन्दीप पङ्गेनीले जानकारी जानकारी गराएका छन।
निकुञ्जको जङ्गल क्षेत्रबाट फुर्की (फुट्की) च्याउ र बगाले च्याउ सङ्कलन गर्नका लागि निकुञ्जले सूचना प्रकाशित गरेर अनुमति दिएको हो । राष्ट्रिय निकुञ्जको नियमावली २०७१ को नियम २१ को (च) बमोजिम दस्तुर लिई च्याउ सङ्कलन गर्ने अनुमति दिने व्यवस्था भएबमोजिम दस्तुर लिई सोही नियमावलीको १ को (झ) बमोजिम प्रतिकिलो एक सय रुपैयाँ राजस्वबापतको दस्तुर बुझाएर च्याउ सङ्कलन गर्न पाइने निकुञ्जले जनाएको छ ।