११ असार २०८२, बुधबार

राप्ती सोनारी गाउँपालिकाले ल्यायो १ अर्ब २० करोड माथीको बजेट
  • न्युज मानसराेवर

बाँके\ राप्ती सोनारी गाउँपालिकाले १७ औँ गाउँसभा बाट आर्थिक वर्ष २०८\।०८३ का निम्ति नीति तथा कार्यक्रम तथा बजेट प्रस्तुत गरेको छ ।


राप्ती सोनारी गाउँपालिका अध्यक्ष तथा १७ औँ गाउँसभाका अध्यक्ष तप्तबहादुर पौडेलले आर्थिक वर्ष २०८२\०८३ का निम्ति निति तथा कार्यक्रम प्रसतुत गरेका थिए ।पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कृषि,पर्यटन ,युवा स्वरोजगार होम स्टे प्रवद्र्धन भूमि व्यवस्थापन ,एक पटक राप्तीसोनारी आउँ जस्ता कार्यक्रम प्रस्तुत गरे।

राप्ती सोनारीलाई पर्यटकीय हव बनाउन ऐतिहासिक भूवर भवानी मन्दिर, बैसा पिकनिक पार्कको आवश्यक पूर्वाधार निर्माण तथा राप्ती सोनारीको पर्यटकीय क्षेत्रको अवलोकन गर्न ‘घुमौं राप्ती सोनारी, झुमौ राप्ती सोनारी’ अभियानलाई निरन्तरता दिने, ज्येष्ठ नागरिकका लागि  निःशुल्क औषधी उपचार तथा स्वास्थ्य प्रवद्र्धनात्मक कार्यक्रम सञ्चालन गर्ने लगायत नीति लिइएको छ ।

त्यसै गरी राप्ती सोनारी उपाध्यक्ष मनिषा सिह थारुले आर्थक वर्ष २०८२\०८३ का निम्ति एक अर्ब २० करोड ६ लाख २९ हजार प्रस्तुत गरिन । थारुले चालु तर्फ ८२ करोड १८ लाख २१ हजार र पूँजीगत तर्फ ३७ करोड८८ लाख रहेको जानकारी समेत गराई ।

Rapti-Sonari-17-th-Sava-Photo-2-1750778978.jpg

 

Rapti-Sonari-17-th-Sava-Photo-4-1750778980.jpg
गाउँ सभामा प्रस्तुत भएका नीति तथा कार्यक्रम र बजेटका विषयमा दफावार छलफलका लागि सभाअध्यक्ष पौडेलले यही असार १६ गते दिउँसो १ बजे पुनः बस्ने गरी गाउँसभा स्थगित गरेको प्रमुख प्रशासकीय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए ।

  • १० असार २०८२, मंगलवार प्रकाशित

  • Nabintech