कोहलपुर\कोहलपुरमा ७ दिने च्याउ खेति तालिम सम्पन्न गरिएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेको आर्थिक सहयोग तथा उत्पीडित सामुदायिक विकास केन्द्र बाँकेको सहजीकरणमा उक्त ७ दिने च्याउ खेति तथा प्रविधि हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अथिति बाँके क्षेत्र नं.१ (२) लुम्बिनी प्रदेश संसद दुर्गाप्रसाद चौधरीले उत्पादनमा केन्द्रित हुन आग्रह गरे । उनले बजारमा च्याउको माग रहेको बताउदै गुणस्तरीय च्याउ उत्पादनमा ध्यान दिनु पर्ने धारणा राखे ।
कार्यक्रममा कोहलपुर नगर पालिका आर्थिक विकास शाखा प्रमुख विर बहादुर नेपालीले सहभागि सबैलाई बधाइ दिदै अर्गानीक खेती मार्फत गरिएको उत्पादनले मावन जीवन स्वास्थ्थ रहनुका साथै त्यसको बजार मुल्य पनि राम्रो रहेको बताए । त्यसै गरी कार्यक्रममा घरेलु तथा साना उद्योग कार्यालय बाँकेका प्रमुख कृष्ण बहादुर विष्टले तालिम मार्फत आर्जन गरेका सिपको सदुप्रयोग गर्दै आत्म निर्भर बन्न आग्रह गरेका थिए ।
कार्यक्रममा उत्पीडित सामुदायिक विकास केन्द्रका अध्यक्ष डिल बहादुर परियार कोहलपुर कृषि शाखा अधिकृत कल्पना नेपाली लगाएतको सहभागिता रहेको थियो ।च्याउँ खेति तालिममा २१ जनालाई प्रमाणपत्र तथा च्याउ उत्पादन गर्नका लागि आवश्यक प्रविधि समेत हस्तान्तरण गरिएको उत्पीडित सामुदायि विकास केन्द्रका अध्यक्ष डिल बहादुर परियारले जानकारी गराएका छन।