११ असार २०८२, बुधबार

एमालेको सचिवालय बैठक बस्दै
  • न्युज मानसराेवर

बाँके\नेपाल कम्युनिस्ट पार्टी (एमाले)को सचिवालय बैठक बुधबार बस्दैछ ।
ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सचिवालय बैठक डाकिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीले जानकारी दिए ।उनका अनुसार बैठकमा विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयवस्तुमा छलफल हुनेछ ।

एमालेले आगामी भदौ २० देखि २२ गतेसम्म विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सन्‌राइज सम्मेलन केन्द्रमा गर्ने निर्णय गरेको छ ।

  • ११ असार २०८२, बुधबार प्रकाशित

  • Nabintech