बाँके\बाँकेमा पछिल्लो पटक नेपाली सेनाको परिचयपत्र बोकेका एक युवकलाई प्रहरीले १० ग्राम भन्दा बढी लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले बैजनाथ गाउँपालिका वडा २ घर भएर नेपाली सेनामा कार्यरत रहेको परिचयपत्र राखेका २६ वर्षीय सन्जु आलेलाई १० ग्राम ६२० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको जानकारी गराए ।