२१ असार २०८२, शनिबार

खेतीयोग्य जमिन १६ प्रतिशत घट्यो
  • न्युज मानसराेवर

बाँके\२०७८ को जनगणनाअनुसार नेपालमा खेतीयोग्य भूमिमा सहरीकरण हुने गरेको पाइएको छ । नेपालमा २०६८ देखि २०७८ सम्म खेतीयोग्य जमिन १६.६ प्रतिशत अर्थात् २२ लाख हेक्टरबाट १८ लाख हेक्टरले घटेको छ ।

नेपालको अवस्थामा हेर्दा सबैभन्दा धेरै खेतीयोग्य भूमि सुदूरपश्चिम प्रदेशमा घटेको छ । सुदूरपश्चिममा ९.१ प्रतिशत, गण्डकीमा ७ प्रतिशत र कर्णालीमा ५.४ प्रतिशत मा उब्जाउ भूमि न्यून भएको छ ।

नेपालको श्रम बजारको स्थिति

राष्ट्रिय जनगणना २०७८ अनुसार नेपालको कुल जनसङ्ख्या २ करोड ९१ लाख रहेको छ ।  कुल जनसङ्ख्यामध्ये २ करोड ३९ लाख (८२.२प्रतिशत) व्यक्ति १० वा सो भन्दा माथिको उमेर समूहमा पर्दछन् । ती मध्ये १ करोड ५७ लाख (६५.५प्रतिशत) व्यक्तिहरूलाई आर्थिक रूपले सक्रिय जनसङ्ख्या मानिएको छ । कुल श्रम शक्तिमध्ये ८२ लाख पुरुष र ७५ लाख महिला रहेका राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ ।

प्रदेशहरूमध्ये आर्थिक रूपले सक्रिय जनसङ्ख्या सबैभन्दा धेरै (३४ लाख) बागमती प्रदेशमा रहेको छ । कर्णाली प्रदेशमा सबैभन्दा कम (९ लाख ५० हजार) मात्र रहेका छन् । भौगोलिक क्षेत्रअनुसार तराईमा सबभन्दा धेरै (७८लाख) आर्थिक रूपले सक्रिय जनसङ्ख्या छ । हिमाली क्षेत्रमा सबैभन्दा कम (१०लाख) छन् ।

नेपालमा १० वर्ष वा सो भन्दा माथिको जनसङ्ख्याको श्रम सहभागिता दर ६५.५ प्रतिशत रहेको छ । जसमा पुरुषतर्फ ७१.३ प्रतिशत  र महिलातर्फ ६०.४ प्रतिशत रहेको छ ।

नेपालमा १० वा सो भन्दा माथिको उमेर समूहमा अक्सर बेरोजगारी व्यक्तिहरूको सङ्ख्या ७ लाख ६७ हजार ६ सय ५८ रहेको छ । जसमा ४ लाख ९ सय २८ पुरुष छन् भने ३ लाख ६६ हजार ७ सय ३० महिला रहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ अनुसार, रोजगारको स्थिति चार प्रमुख श्रेणीहरूमा वर्गीकरण गरिएको तथ्याङ्क कार्यालयले जनाएको छ । जसमा ४२ लाख९२८।६प्रतिशत० अरूको काम गर्ने, २ लाख (१.४प्रतिशत) रोजगारदाता, ८२ लाख (५५.३प्रतिशत) आफ्नै काम गर्ने र २१ लाख (१४.५प्रतिशत) परिवारलाई सघाउने देखिएका छन् ।

कुल श्रम शक्तिको सबैभन्दा ठुलो (८५लाख, ५७.३प्रतिशत) हिस्सा प्राथमिक क्षेत्र (कृषि, वन र मत्स्यपालन) मा संलग्न रहेको पाइएको छ । नेपालको १० वर्ष र माथिका कुल जनसङ्ख्यामा केवल १ करोड ३ लाख (४२.९ प्रतिशत) व्यक्तिहरू अक्सर रोजगार रहेका छन् । १० देखि १७ वर्षसम्मका बालबालिकाको श्रम शक्ति सहभागिता दर ३२.१ प्रतिशत रहेको छ । जसमा पुरुष ३१.९ प्रतिशत र महिला ३२.२ प्रतिशत छन् ।

  • २१ असार २०८२, शनिबार प्रकाशित

  • Nabintech