बाँके\नेकपा एमाले शिक्षा तथा मानव श्रोत बिभागको ८औं पुर्ण बैठक सम्पन्न गरिएको छ।
विभागको ८औं पुर्ण बैठकले नेपाल राष्ट्रिय शिक्षक संगठन , अनेरास्वबियु र बुद्धिजिवी परिषदको राष्ट्रिय महाधिवेशन बाट बांके बाट केन्द्रिय कमिटीमा प्रतिनिधित्व गर्ने पदाधिकारी तथा केन्द्रिय सदस्यहरू रएसइइ परिक्षामा बांके प्रथम हुने बिध्यार्थी र स्कुललाई बधाई तथा सम्मान कार्यक्रम गर्ने निर्णय गरेको छ।
बैठकमा बोल्दै प्रमुख अथिति नेकपा एमाले जिल्ला अध्यक्ष निरक गुरुङले पार्टीको समन्वय र सहकार्यमा विभागले जिल्लामा महत्वपूर्ण कार्य सम्पादन गर्दै आइरहेकोमा धन्यवाद व्यक्त गरे । उनले विभागले गरेका कार्यहरुमा पार्टीको पूर्ण सहयोग रहेको औल्याए । उनले एमालेका अन्य विभागहरुले समेत सामाजिक जवाफदेहीताको कार्यभार समाल्दै पार्टीका गतिविधिहरु सक्रिय तुल्याइरहेको बताए ।
पूर्ण बैठकमा बोल्दै विभागका प्रमुख सुर्य रोकायले पार्टीसँगको समन्वय र सहकार्यमा जिल्लामा विभिन्न गतिविधिहरु संचालन गरिएको बताउदै पार्टीसँग भावि योजना र कार्यक्रमहरुमा समेत सहकार्य गर्दै विभागले आफ्ना कार्यक्रमहरु संचालन गर्ने बताए ।