२७ असार २०८२, शुक्रबार

रेडियो प्रतिबोधले मनायो आफ्नो १५ औँ बार्षिक उत्सव आफ्नै भवनमा
  • न्युज मानसराेवर

बाँके\दलित सेवा संघद्वारा सञ्चालित सामुदायिक रेडियो प्रतिबोध एफएम १०२.३ मेगाहर्ज को १५औं वार्षिकोत्सव कार्यक्रम आज एक समारोहका बीच भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा वक्ताहरूले सामुदायिक सञ्चारमाध्यमको भूमिकाको चर्चा गर्दै रेडियो प्रतिबोध एफएमले विशेषतः दलित समुदायको आवाजलाई मुखर बनाउँदै आएको उल्लेख गरे। हालै मात्र रेडियो प्रतिबोध एफएमले आफ्नै नयाँ भवन निर्माण गरी त्यहीँबाट प्रसारण सुरु गरेको छ।

प्रतिबोध एफएमको १५औं वार्षिकोत्सवको अवसरमा रेडियोको आफ्नै भवनको आँगनमा वृक्षारोपण गरिएको छ । सामुदायिक रेडियो प्रतिबोध एफएमले हरियाली प्रवर्द्धन तथा वातावरण संरक्षणको सन्देश दिन वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रममा विभिन्न अतिथि, संस्थाका प्रतिनिधि, कर्मचारी तथा स्थानीयको सहभागिता रहेको थियो ।

भवन निर्माणका लागि तथा एम्बुलेन्स सेवा सञ्चालनका लागि महत्वपूर्ण सहयोग गर्ने लुम्बिनी प्रदेश सभाका पूर्व सांसद आदरणीय पार्वती पुन उषा, तत्कालीन समयका आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्मा हिमाल र पूर्व मुख्यमन्त्री कुलप्रसाद केसीलाई विशेष धन्यवाद प्रकट गरिएको छ। साथै कोहलपुर नगरपालिकाका मेयर  पूर्णप्रसाद आचार्यप्रति पनि ‘अभिभावकको भूमिका’ निर्वाह गरेको भन्दै आभार व्यक्त गरिएको छ।

कार्यक्रममा अध्यक्ष शिवकुमार सुनारले विगत १५ वर्षदेखि रेडियो प्रतिबोध एफएमलाई साथ, समर्थन र माया गर्ने सबै श्रोता(दर्शक, विज्ञापनदाता, विभिन्न राजनीतिक दल, संघसंस्था, नागरिक समाज, दलित सेवा संघको केन्द्रीय टोली, कार्य समिति तथा कर्मचारी साथीहरूलाई धन्यवाद ज्ञापन गरे। अबको डिजिटल युगसँग मेल गर्दै रेडियो प्रतिबोध एफएमले “प्रतिबोध अनलाइन टिभी”, “अनलाइन न्यूज” तथा अडियो(भिडियो सामग्रीहरू विश्वभरबाट सुन्न र हेर्न सकिने व्यवस्था मिलाउँदै गएको जानकारी पनि उनले दिए। अध्यक्ष सुनारले विगतजस्तै आगामी दिनहरूमा पनि सबैको निरन्तर साथ र सहयोगको अपेक्षा गरेका छन्।

  • २७ असार २०८२, शुक्रबार प्रकाशित

  • Nabintech