२९ असार २०८२, आईतवार

हात्तीको आक्रमणबाट बैजनाथमा महिलाको मृत्यु
  • न्युज मानसराेवर

बाँके\जङ्गलमा घाँस काट्न गएकी बाँके बैजनाथ १ चिसापानी निवासी ४५ वर्षीया पूर्णिमा बुढालाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कोहलपुरले दिएको जानकारी अनुसार बाँके बैजनाथ १ चिसापानीका तीन जना महिलाहरु शुक्रबार बिहान करिब नौ बजेतिर घाँस काट्ने र च्याउ टिप्ने उद्देश्यले नजिकैको बर्दिया निकुञ्जको जङलमा गएको बेला हात्तीको समूहले आक्रमण गर्दा बुढाको मृत्यु भएको हो ।अन्य दुई जनाले भागेर ज्यान जोगाउन सफल भए पनि बुढा भाग्न नसक्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

  • २८ असार २०८२, शनिबार प्रकाशित

  • Nabintech