बाँके\खजुरा गाउँपालिकाले आफ्नो तेस्रो चौमासिक सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरेको छ ।
उत्पीडित सामुदायिक विकास केन्द्रको सहजीकरणमा उक्त गाउँपालिकाको तेस्रो चौमासिक सार्वजनिक सुनवाइ कार्यक्रम सम्पन्न गरेको हो ।
खजुरा गाउँपालिका वडा नं.५ को कार्यालय परिसदमा गरिएको कार्यक्रममा पाँच बुँदे प्रतिबद्धता समेत जनाइएको छ ।
गाउँपालिका अध्यक्ष डम्बर बहादुर विक उपाध्यक्ष मन्जु मल्ल प्रमुख प्रशासकीय अधिकृत बस बहादुर राना वडा अध्यक्ष कार्यापालिका सदस्य विषयगत शाखा प्रमुखहरुले नागरिकका सवाल तथा सुझावहरुलाई आधार बनाएर पाँच बुँदे प्रतिबद्धता गरिएको सहजीकरण संस्था उत्पीडित सामुदायिक विकास केन्द्रका अध्यक्ष डिल बहादुर परियारले जानकारी गराए ।
कार्यक्रमा एक सय ५० भन्दा माथीको सहभागिता रहेको थियो भने सुशासन प्रवर्दन कृषि यान्त्रीकरण स्वरोजगार नीति, महिला शशक्तिकरण ढल निकास ,विधुतको तार र पोल ब्यवस्थापन ,वडा तगा पतलिकामा नागरिक वडापत्रराख्ने ,किसानलाई मल विउको व्यवस्थापन ,विकास निमार्णमा सहकार्य लगाएत विषयहरु समेटेर पाँच बुँदे प्रतिबद्धता जनाइएको छ ।