३१ भाद्र २०८२, मंगलवार

आज चार सय अव्यस्थित बसोबासीहरुलाई जग्गाधनी पुर्जा वितरण गर्दै आयोग
  • न्युज मानसराेवर

बाँके\जिल्ला भूमि आयोगले आज चार सय घरपरिवार लाई (जग्गाधनी पुर्जा) लालजुर्जा वितरण गर्ने तयारी गरेको छ ।

बाँकेको कोहलपुर वडा नं.१ कौशिलानगरमा रहेका अव्यवस्थित बसोबासीहरुको व्यवस्थापना गर्न जिल्ला भूमि आयोगले लालपुर्जा जग्गाधनी पुजा वितरण गर्न लागिएको जिल्ला भूमि आयोगका अध्यक्ष घननाथ खनालले जानकारी गराएका छन।

खनालका अनुसार आज ११ बजे बाट चार सय घर परिवारलाई जग्गा धनी पुर्जा वितरण गर्ने कार्यक्रम रहेको न्यूज मानसरोबरलाई जानकारी गराएका हन । आयोगले यस अघि समेत भूमिहिन दलितहरुलाई उक्त वडामा जग्गा धनीपुर्जा वितरण गरिसकेको छ ।

  • ४ श्रावण २०८२, शनिबार प्रकाशित

  • Nabintech