३१ भाद्र २०८२, मंगलवार

आमा सुरक्षामा नाममा अस्पताल प्रशासनले जनतालाई लुट्योः मेयर आचार्य
  • न्युज मानसराेवर

कोहलपुर\कोहलपुर नगरपालिकाले आमा सुरक्षा कार्यक्रम सञ्चालनका लागि स्वीकृत प्राप्त नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ८० प्रतिशत रकम असुलेको र प्रभावकारी सेवा प्रवाह नगरेका कारण तत्कालका लागि सम्झौता नवीकरण नगरिएको पत्रकार सम्मेलन मार्फत मेयर पूर्ण प्रसाद आचार्यले जानकारी गराएका छन।

कोहलपुर नगरपालिकाका कारण आमा सुरक्षा (प्रसूति सेवा) कार्यक्रम स्थगन गर्नु परेको मेडिकल कलेजको भनाइमा कुनै सत्यता नभएको भन्दै कोहलपुर नगरपालिकाले निःशुल्क प्रवाह गर्नुपर्ने आमा सुरक्षा कार्यक्रममा समेत ८० प्रतिशत भन्दा बढि शुल्क लिएको गुनासो आएपछि नवीकरणमा पुनःविचार गर्नुपर्ने अवस्था आएको मेयर आचार्यले पत्रकार सम्मेलनमा बताएका छन।

त्यसै गरी आचार्यले आमा सुरक्षा कार्यक्रम प्रसूति सेवास्थगन गरेर नागरिकप्रति मेकिडल कलेजले अत्यन्तै अमानवीय व्यवहार प्रदर्शन गरेको भन्दै सह्य हुन नसक्ने चेतावनी समेत दिए । उनले मेडिकल कलेजसँग आमा सुरक्षा कार्यक्रम तत्कालका लागि रोकिएपनि भेरी अस्पतालसँग भने यथावत रहेको प्रष्ट्याए । त्यसका लागि गर्भवतीलाई अस्पतालसम्म लैजाने र घरसम्म ल्याउने जिम्मेवारी लिँदै उनले निःशुल्क एम्बुलेन्सको व्यवस्था गरिएको बताए ।

त्यसै गरी कोहलपुर वडा नं.११ र कोहलपुर वडा नं.१५ मा नगरपालिकाले (प्रसूति सेवा) संचालन गरिरहेको समेत जानकारी गराए । पत्रकार सम्मेलनमा नगर उपप्रमुख संगिता सुवेदी, प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरी, वडा नं.५ का अध्यक्ष दिपेन्द्र श्रेष्ठ लगायत उपस्थित थिए ।

  • ४ श्रावण २०८२, शनिबार प्रकाशित

  • Nabintech