बाँके\लागुऔषधसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट तीन दिनमा ५ जनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो । आइतबार दिउँसो गुलरिया नगरपालिका–८ भादास्थित भे १ ह ६८७ नम्बरको अटोमा सवार भई गुलरियातर्फ शंकास्पद रुपमा आइरहेका दुई जनालाई नियन्त्रणमा लिई जाँच गर्दा लागुऔषध फेला परेको थियो ।
पक्राउ पर्नेमा गुलरिया–९ टेपरीका ३० वर्षीय अवधेश यादव र ३२ वर्षीय विवेक गिरी छन् । प्रहरीले उनीहरुको साथबाट १ ग्राम २ सय २० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने गिलो पदार्थ फेला पारेको छ ।
त्यसैगरी भारतबाट नेपालतर्फ साइकलमा आइरहेका बाँके बैजनाथ गाउँपालिका–५ का १९ वर्षीय गौरव थारुलाई शनिबार बढैयाताल गाउँपालिका–२ फुटाहमा जाँच गर्दा लुकाईछिपाई राखेको १ ग्राम ४ सय मिलिग्राम लागुऔषध प्रहरीले फेला पारेको थियो ।
शुक्रबार गुलरिया–७ स्थित लागुऔषध बेचबिखन भइरहेको गोप्य सुचनाको आधारमा सोही वडाका ३१ वर्षीय अशोककुमार यादवको साथबाट १ ग्राम १ सय ७० मिलिग्राम र ४३ वर्षीय रामप्रसाद रैदासको साथबाट १ सय १० मिलिग्राम लागुऔषध ब्राउन सुगर जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ ।
पाँचै जनालाई नियन्त्रणमा लिई आइतबार जिल्ला अदालतबाट ५ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गुलरियाका डीएसपी चक्रबहादुर डमरपालले जानकारी दिए ।
रीले पक्राउ गरेको छ । जिल्लाका विभिन्न स्थानबाट तीन दिनमा ५ जनालाई लागुऔषधसहित प्रहरीले पक्राउ गरेको हो ।