कोहलपुर \बाँकेको बैजनाथ गाउँपालिका वडा नं.२ मा टिभी हेर्न नदिएको रिसमा आफ्नै बुवा टोप बहादुर रोकायाको ज्यान लिने भबिलाल भन्ने भुपेन्द्र रोकायालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । ३२ वर्षे रोकाया १६ दिन पछि कोहलपुर प्रहरीले नियन्त्रणमा दिन सफल भएको हो ।
कोहलपुर प्रहरीले बैजनाथ गाउँपालिका वडा नं. २ स्थित मकैबारीमा लुकी छिपी बसेको अवस्थामा आज २ बजे नियन्त्रणमा लिइएको हो ।
नियन्त्रीत रोकायालाई कर्तब्य ज्यान सम्बन्धित आवश्यक अनुसन्धान भइरहेको कोहलपुर प्रहरीले जनाएको छ।