बाँके\बाँकेको नेपालगन्जमा बढ्दो सवारी साधनका कारण सडक दुर्घटना बढ्न थालेपछि सो न्यूनीकरण गर्न ट्राफिक प्रहरी पोष्ट नेपालगन्जले सवारी चालक र सर्वसाधारणलाई ट्राफिक नियम सिकाउन थालेको छ ।
ट्राफिक नियमको उचित जानकारी नहुँदा सडक दुर्घटना बढ्दै गएकाले ट्राफिक प्रहरीले नेपालगन्जको बिपी चोकबाट ट्राफिक नियमबारे जानकारी गराउन सचेतना अभियान सञ्चालन गरेको ट्राफिक प्रहरी पोष्ट नेपालगन्जका प्रमुख वरिष्ठ ट्राफिक प्रहरी नायब निरीक्षक नन्दकुमार पोखरेलले जानकारी गराए ।अधिकांश दुर्घटना चालककै गल्तीले हुने गरेको जनाउँदै जिल्ला ट्राफिक कार्यालय बाँकेका प्रमुख ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्करराज पन्तले यस्ता जानकारीमूलक सचेतना अभियानले धेरै सुधार आउने बताए ।