१४ श्रावण २०८२, मंगलवार

राप्ती नदी किनारमा स्थायी तटबन्ध निर्माण हुने
  • न्युज मानसराेवर

बाँके\राप्ती नदीको तिब्र कटानका कारण गाउँ नै डुबानमा पर्ने जोखिम भएका बाँकेको राप्ती सोनारी गाउँपालिका ७ खल्ला झगडिया आसपासको क्षेत्रमा स्थायी तटबन्ध निर्माण हुने भएको छ ।

जनताको तटबन्ध कार्यक्रम लमहीले खल्ला झगडिया आसपास पहिलो चरणमा ४५० मिटर स्थायी तटबन्ध निर्माणका लागि टेण्डर आव्हान भई साई माँ दुर्गा भेन्सी जेभीले काम सम्पन्न गर्ने गरि करिब ६ करोड रुपियाँमा ठेक्का स्वीकृत भएको जनाएको छ । वर्षायाम सम्पन्न भएपछि स्थायी तटबन्धको निर्माण कार्य सुरु हुने जनताको तटबन्ध कार्यक्रम लमहीका प्रमुख डा. नारायण सुवेदीले जानकारी दिएका छन।

राप्ती नदीको तिव्र कटानका कारण राप्तीसोनारी र होलिया आसपास नदी किनारमा गरिएको अस्थायी माटोको तटबन्ध भत्केर नदी गाउँमा पस्ने जोखिम बढेको राप्ती सोनारी ७ का दुर्गाप्रसाद पाण्डेले उल्लेख गरेका छन।

निरन्तरको कटानका कारण राप्ती सोनारीका देउपुरा, पिप्रहवा, झल्ला झगडिया, भवानियापुर, गेदवा, नरैनापुर ६ को सोनबर्षा, कुदरबेटवा, गङ्गापुर नरैनापुर ५ को भाजपुर, नेवाजी गाउँ र डुडुवा १ को कुदवा गाउँ सबैभन्दा बढि जोखिममा रहेका छन् ।

बाँके क्षेत्र नम्बर १ का प्रतिनिधीसभा सदस्य सुर्य ढकालले राप्ती नदीको कटान नियन्त्रणका लागि पक्कि तटबन्ध एकमात्र बिकल्प भएको बताए । कटान नियन्त्रणका लागि संसद र सरकारका बिभिन्न निकायमा निरन्तर पहलकदमी गरिरहेको ढकालको भनाइ छ ।

  • १३ श्रावण २०८२, सोमबार प्रकाशित

  • Nabintech