२५ श्रावण २०८२, शनिबार

जनै, रक्षासूत्र र वास्तुशास्त्रको सम्बन्ध
  • न्युज मानसराेवर

बाँके\आज हामी हिन्दु धर्मावलम्बीको पवित्र पर्व जनैपूर्णिमा । यस दिनलाई ऋषितर्पणी पनि भनिन्छ । यो प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिन श्रद्धा र भक्तिपूर्वक मनाइन्छ । यो दिन पुरोहितबाट मन्त्रिएको नयाँ जनै फेर्ने, पितृलाई तर्पण दिने र नाडीमा रक्षासूत्र (रक्षाबन्धन) बाँध्ने धार्मिक परम्परा रही आएको छ ।

आजको दिनले केवल आत्मशुद्धि र धार्मिक कर्म मात्र नभई वास्तुशास्त्र र ऊर्जा संरक्षणसँग पनि गहिरो सम्बन्ध राख्छ । जनैको स्थानमा (बायाँ काँधबाट दाहिने कम्मरसम्म) शरीरका सुषुम्ना, इडा र पिङ्गला नाडीहरूमा ऊर्जाको सन्तुलन कायम राख्ने विन्दुहरू पर्छन् । यसरी जनै केवल धार्मिक चिह्न मात्र नभई शरीर र चेतनाको ऊर्जा सन्तुलनकर्ता पनि हो । जसरी घरको मूलद्वारको तोरणले नकारात्मक शक्ति रोक्छ, त्यस्तै रक्षासूत्रले शरीरको जीवन–ऊर्जा (प्राणशक्ति)लाई सुरक्षित राख्छ ।

 

  • २५ श्रावण २०८२, शनिबार प्रकाशित

  • Nabintech