बाँके\बाँके प्रहरीले नेपालगन्जबाट लागूऔषध ब्राउन सुगर र २२ लाखभन्दा बढी रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ।
नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १४ उधैपुरवाका २८ वर्षीय रमेश लोनियालाई १५ ग्राम ५०० मिलिग्राम लागूऔषध ब्राउनसुगर र नेपाली तथा भारती रुपियाँ गरी २२ लाख तीन हजार ९१५ नेपाली रुपियाँसहित अन्य सामग्रीका साथमा मंगलबार पक्राउ गरेको हो ।
लोनियाको साथबाट भारतीय नम्बर प्लेट भएका दुई थान मोटरसाइकल, विभिन्न दरका नेपाली रुपियाँ र विभिन्न दरका भारतीय रुपियाँ गरी २२ लाख तीन हजार ९१५ नेपाली रुपियाँ, चाँदी जस्तो देखिने सेतो धातुबाट बनेका खुट्टामा लगाउने कडा २ थान, बाला २ थान, औँठी ३३ थान, सिक्का २१ थान, कानमा लगाउने रिङ ४ थान, जन्तर १ थान, ब्रासलेट ५ थान, पायल १४ थान, माला ५ थान, ठुलो माला ३ थान, नाकमा लगाउने नथी १ थान, हातमा लगाउने ब्रासलेट २ थान (महिलाले लगाउने), पायल ठुलो २ थान र टुक्राहरु साना ठुला ११ थान बरामद भएको छ ।
त्यसैगरी सुन जस्तो देखिने पहेँलो धातुका कडा ६ थान, घाँटीमा लगाउने हार २ थान, सिक्री ३ थान, कानमा लगाउने बाली १ थान, कानमा लगाउने झुम्का ३ जोडी, औँठी ४ थान, टप १ जोडी, सिक्रीको लकेट २ थान, नाकको फुली १ थान, रिङ सानो ६ थान, सिरबन्दी २ थान, तिलहरी २ थान, मङ्गलसुत्र ५ थान, पहेँलो धातु जञ्जिर २ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
त्यसैगरी ५ थान खुकुरी, क्यानन डिएसएलआर क्यामरा १ थान र विभिन्न कम्पनीका एन्ड्रोइड मोबाइल १० थानसमेत बरामद गरिएको बाँके प्रहरीले जनाएको छ । लोनिका बारेमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
















