६ भाद्र २०८२, शुक्रबार

लुम्बिनीका ६ जिल्लामा आइतबार सार्वजनिक बिदा
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सरकाले थारू समुदायले मनाउने बर्का अट्वारी पर्वका अवसरमाभदौ ८ गते आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ ।  थारू समुदायको अधिक बसोबास बढी भएका दाङ, बाँके, बर्दिया, कपिलवस्तु, रूपन्देही र पश्चिम नवलपरासीमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचना आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको छ । यो पर्वमा थारू समुदायका पुरुषहरू निराहार व्रत बस्ने र सूर्यको पूजा गर्ने प्रचलन छ ।

 

  • ६ भाद्र २०८२, शुक्रबार प्रकाशित

  • Nabintech