बाँके\पश्चिम नेपालको प्रमुख नाका नेपालगन्ज नाकाबाट मात्रै एक वर्षमा करिब ६ अर्ब रुपियाँको चामल आयात गरिएको छ ।
गत आर्थिक वर्ष ०८१र८२ मा नेपालगन्ज नाकाबाट पाँच अर्ब ९२ करोड २४ लाख रुपियाँ बराबरको ६ करोड ७६ लाख ८३ हजार किलो चामल आयात भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।सो कार्यालयका प्रमुख जनार्दन पौडेलले अघिल्लो आव ०८०र८१ मा चार अर्ब १२ करोड २६ लाख ६९ हजार रुपियाँ बराबरको तीन करोड ३७ लाख ३४ हजार किलो चामल आयात भएको जनाउँदै गत आवमा अघिल्लो आवको तुलनामा ३०।३८ प्रतिशत अर्थात् एक अर्ब ७९ करोड ९७ लाख ६४ हजार रुपियाँ बढीको चामल आयात भएकोे जनाएको हो ।
















