३१ भाद्र २०८२, मंगलवार

एमाले लुम्बिनी प्रदेश सभा सदस्य पुनको निधन
  • न्युज मानसराेवर

बाँके\लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधन भएको छ । उपचारका क्रममा काठमाडौंस्थित शिक्षण अस्पताल महाराजगञ्जअन्तर्गत मनमोहन सेन्टरमा शनिबार निधन भएको एमाले रुकुमपूर्व इन्चार्ज खेममान खड्काले  बताए ।

पूर्वीरुकुम तकसेरा निवासी पुनलाई केही एक महिना अघि काठमाडौँ लगिएको थियो । खड्काले भने,  ‘म यही अस्पताल छु, उहाँको निधन भएको केही समय भयो ।’ अस्पतालमा एकैपटक दुईवटा मेजर अपरेसन गरिएको थियो । पहिलो अपरेसनमार्फत उनले छोरीलाई जन्म दिएकी थिइन् भने दोस्रो अपरेशनका वेला उनको मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उनी एमालेबाट समानुपातिक निर्वाचन प्रणालीमार्फत प्रदेश सभा सदस्य चुनिएकी थिइन् ।  पुन लुम्बिनी प्रदेशसभामा अर्थ पर्यटन विकास समिति सदस्य पनि थिइन् ।

  • १४ भाद्र २०८२, शनिबार प्रकाशित

  • Nabintech