बाँके\भारतको केन्द्रीय गृह मन्त्रालयले २०२५ को अध्यागमन तथा विदेशी ऐन अन्तर्गत सेप्टेम्बर १ देखि लागू हुने गरी नयाँ नियमहरू सार्वजनिक गरेको छ। नयाँ नियमअनुसार नेपालसँग सीमा जोडिएका राज्यहरू, विशेषगरी उत्तर प्रदेशमा विदेशी नागरिकहरूको आवागमन कडाइ गरिनेछ।अबदेखि सबै विदेशी नागरिकहरू, नेपाली र ओसीआई कार्डधारकहरूसमेत, ुफारम सीु अनिवार्य रूपमा पेस गर्नुपर्नेछ।
होटेल, अस्पताल, शैक्षिक संस्था आदि मार्फत विवरण संकलन गरिनेछ। ओसीआई विद्यार्थीहरूले ुफारम एसु पेस गर्नु पर्नेछ।भारत सरकारको दाबी छ कि यसले अवैध प्रवेश नियन्त्रण गर्ने, राष्ट्रिय सुरक्षा बलियो बनाउने र नेपालसँगको मैत्रीपूर्ण सम्बन्ध कायम राख्न मद्दत गर्नेछ।