१ आश्विन २०८२, बुधबार

नेपाल टेलिकमले संविधान दिवस अवसरमा विशेष अफर घोषणा
  • न्युज मानसराेवर

बाँके\संविधान दिवस तथा राष्ट्रिय दिवसको उपलक्ष्यमा नेपाल टेलिकमले आफ्ना ग्राहकका लागि ‘संविधान दिवस अफर २०८२’ उपलब्ध गराउने भएको छ। सो अफर असोज २ देखि असोज ४ गतेसम्म लागू हुनेछ। यस विशेष अफर अन्तर्गत प्रिपेड ग्राहकले रु. ४९ मा १ दिनको लागि १ एमबीपीएस अनलिमिटेड डाटा र नेपाल टेलिकम नेटवर्क भित्र कल गर्न सकिने १०० मिनेटको अन नेट भ्वाइस सुविधा पाउनेछन्।

अफरमा डाटा प्याकेज पनि समावेश गरिएको छ। रु. १११ मा ५ दिनसम्म चल्ने ६ जीबी डाटा, रु. १९९ मा ७ दिनसम्म चल्ने १३ जीबी डाटा, रु. २९९ मा १२ दिनसम्म चल्ने २० जीबी डाटा, र रु. ३९९ मा १५ दिनसम्म चल्ने ३० जीबी डाटा प्याकेज उपलब्ध छन्।

त्यस्तै, रु. ७८९ मा उपलब्ध फेस्टिभ कम्बो प्याकले प्रिपेड ग्राहकका लागि २८ दिन र पोस्टपेड ग्राहकका लागि ३० दिनसम्म सेवा उपलब्ध गराउनेछ। यस प्याकमा ३० जीबी डाटा, सबै नेटवर्कमा कल गर्न सकिने ६०० मिनेट अल नेट भ्वाइस सुविधा र २०० अल नेट एसएमएस सुविधा रहेका छन्। पोस्टपेड ग्राहकले यो प्याक वा ३० जीबी डाटा प्याक खरिद गर्दा मासिक रेन्टल चार्जबाटै शुल्क कटौती गर्न सक्ने सुविधा पनि उपलब्ध हुनेछ। ग्राहकहरूले आगामी असोज २ देखि असोज ४ सम्म *1415*11# डायल गरेर वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरेर यी प्याकेजहरू खरिद गर्न सक्ने टेलिकमले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

  • १ आश्विन २०८२, बुधबार प्रकाशित

  • Nabintech