बाँके\भदौ २४ गते भएको जेनजी आन्दोलनको बेला नेपालगन्जका सरकारी कार्यालयहरूमा आगजनी, तोडफोड र लुटपाट गर्ने व्यक्तिहरूलाई प्रहरीले पक्राउ गर्न थालेको छ।
सो क्रममा जिल्ला प्रहरी कार्यालय बाँकेले आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा लिएको छ भने अन्य व्यक्तिको पहिचान र खोजी गर्ने कार्य भइरहेको जनाइएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक पातलीले नेपालगन्ज जयसपुरका शालिकराम पाठक र दीपक टमाटा आगजनी, तोडफोड र लुटपाटमा संलग्न रहेको पाइएपछि दुवै जनालाई पक्राउ गरिएको जानकारी गराएका छन।