७ आश्विन २०८२, मंगलवार

जमुनाह नाकामा स्वदेश फर्कनेको घुइँचो
  • न्युज मानसराेवर

बाँके\दसैँ सुरु भएसँगै यहाँको जमुनाह नाकामा भारतबाट फर्कनेको घुइँचो लाग्न थालेको छ । पश्चिम नेपालका विभिन्न जिल्लाबाट रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका उनीहरु धमाधम स्वदेश फर्किन थालेपछि नाकामा घुँइचो लाग्न थालेको हो ।

इलाका प्रहरी कार्यालय जमुनाहाका प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले चाडपर्व नजिकिएसँगै भारतबाट स्वदेश फर्किनेको सङ्ख्या ह्वात्तै बढेको बताए । एक सातामा यस नाकाबाट ३५ हजार १७५ जना स्वदेश फर्किएका छन् । त्यसैगरी ३४ हजार ७१० भारततर्फ गएका छन् ।

‘आजदेखि त भारतबाट नेपाल आउनेको चाप बढन थालेको छ’, उनले भने ।  दैनिक करिब दुई हजारको हाराहारीमा नेपालीहरु चाडपर्व मनाउन स्वदेश फर्किरहेको उनको भनाई छ । केही दिनअघि भएको जेनजी प्रदर्शनका क्रममा सीमा नाका बन्द थियो । नाका पुनः सञ्चालनमा आएपछि भारतबाट आउने नेपालीको सङ्ख्या बढेको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीले आवागमनलाई सहज बनाउन सीमा क्षेत्रमा सहायता कक्ष स्थापना गरेको छ । सो कक्ष नेपालगञ्जको बसपार्क र कोहलपुरको बसपार्कमा समेत स्थापना हुने जिल्ला प्रहरी बाँकेले जनाएको छ ।

  • ६ आश्विन २०८२, सोमबार प्रकाशित

  • Nabintech