बाँके\नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । ईण्डियन आयल कर्पोरेशनबाट पेट्रोल र डिजेलको मूल्य बढेर आएपनि नेपालको चाडवाडलाई लक्षित गरेको घटाइएको निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। यससँगै पेट्राेल प्रतिलिटर पहिलाे वर्गमा १५६.५०, दाेस्राे १५८ र तेस्राेमा १५९ रुपैयाँ हुने भएकाे छ ।नयाँ मूल्य भाेलि राति १२ बजे पछि देखि लागू हुने निगमले जनाएकाे छ ।