अहिले नेपाली राजनीतिमा माओवादी र समाजवादीको एकता किन भएन, नेपाली कांग्रेसको नियमित महाधिवेशन र विशेष महाधिवेशन मध्ये कुन गर्ने, रवि लामिछानालाई अध्यक्ष राखेर पार्टी चलाउने या विकल्प खोज्ने, सुशीला कार्कीको नेतृत्वको सरकारले जेनजीको प्रतिनिधित्व गर्न नसक्नुका कारणहरू के हुन् । यी सबै जडहरूको कारण नेकपा एमालेको केन्द्रीय अध्यक्ष केपी ओली एमालेको केन्द्रीय अध्यक्ष भएकै कारणले समस्या खडा भएको हो। भन्ने ढंगको भाष्य नेपाली समाजमा स्थापित गर्न खोजिएको छ।
जहाज ढिलो भयो भने केपी ओलीको कारणले, घर आँगनको फोहोर उठेन भने केपी ओलीका कारणले विद्यार्थी परीक्षामा फेल भयो राम्रो अङ्क ल्याएन भने केपी ओलीका कारणले कसैले राम्रो गर्यो भने त्यो चाहिँ उसैको कारणले यो ढङ्गको भाष्य सतै ढंगले समाजमा स्थापित गर्न खोजिएको छ। केपीलाई नढालेसम्म नेपाल ढाल्न सकिँदैन। केपीलाई नढालेसम्म लोकतन्त्र ढाल्न सकिँदैन।
केपीलाई नढालेसम्म नेपाली जनताका सपना ढाल्न सकिँदैन केपीलाई नढालेसम्म राष्ट्रियता र राष्ट्रिय स्वाधीनता कम्जोर बनायन सकिँदैन यो लुसिफरहरूले राम्रोसँग बुझेका छन् र भनिरहेका छन् अहिले १०० जनामा ३० जना केपीको पक्षमा ७० जना केपी ओलीको विपक्षमा उभिएको छन भनिरहेका छन् एकल एकल प्रतिस्पर्धा गर्ने हो भने केपी ओली हिजो पनि बलिया थिए र अाज पनि छन्। विचार ,दृष्टिकोण नभएकाहरू आफैमाथि आफैंलाई भरोसा नभएकाहरु यस किसिमका हर्कत गरिरहेका छन् ।
एमाले पार्टी ठिक छ एमालेको नीति विचार कार्यक्रम ठिक छ। एमालेको केन्द्रदेखि वडा तहसम्म संगठन सञ्जाल छ। वैचारिक हिसाबले लेस भएका कार्यकर्ताहरु छन्। एमाले हिंसा र बाहुबलीमा विश्वास गर्दैन ।राम्रा विषय र मुद्दाहरूको समर्थन गर्छ। हिंसा आग्जनी तोडफोड लुटपाट र अराजक गतिविधिलाई पूर्णरूपले तिरस्कृत गर्छ। एमाले पार्टी राम्रो छ। तर त्यो पार्टी सञ्चालन गरेको केपी ओली भने बेठी कसरी हुन्छ यी प्रश्नहरू मा उत्तरहरू सैद्धान्तिक हिसाबले जनताका बीचमा स्थापित गर्नुपर्नेछ। केपी ओली कसरी राष्ट्रवादी नेता हुन् केपी ओलीलाई काम गर्न किन दिएन भन्ने कुरा जनतालाई बुझाउनु पर्छ ।
कुनै पनि वस्तुको अस्तित्व र विकासका लागि त्यसभित्र एकता र सङ्घर्ष अनिवार्य छ। यो मार्क्सवादी सिद्धान्तको सार्वभौम र वैज्ञानिक नियम हो। एकता संघर्ष बिल्कुलै विपरीत प्रक्रिया भएपनि यी दुवै एकआपसमा अन्तरसम्बन्धित छन्। उक्त दुवै प्रक्रियामध्ये वस्तुको अस्तित्वका लागि एकताको पक्ष प्रमुख हो भने विकासका लागि संघर्षको पक्ष प्रमुख हो। एकताको पक्ष अस्थिर अस्थायी र सापेक्ष पक्ष हो। भने संघर्षको पक्ष स्थिर स्थायी र निरपक्ष पक्ष हो। कुनै पनि वस्तु निरन्तर गतिशील परिवर्तन र विकसित हुने भएकाले सङ्घर्षको पक्ष निरपक्ष बन्न पुगेको यो नियम विश्व ब्रह्माण्डका यथावत चिजहरूमा जसरी लागू हुन्छ एउटा पार्टीभित्र पनि त्यसै नै लागु हुनु स्वभाविक हो।
एउटा जीवन्त र गतिशील पार्टीको अस्तित्व कायम राख्न र त्यसको निरन्तर विकासका लागि पार्टीभित्र एकता र सङ्घर्ष अनिवार्य छ। हाम्रो जस्तो विपन्न वर्ग जाति धर्म संस्कृति र अनेकौं समुदायहरू रहेको समाजमा गठित पार्टीमा अनेक अनेक वैचारिक सवालमा मतभेद उत्पन्न हुनु र त्यसले केही किसिमका दण्ड सिर्जना गर्नु स्वभाविक छ अझ त्यसमा पनि सर्वहारा श्रमजीवी वर्गको मुक्तिका साथै समाजवाद र साम्यवादको महान एवं दीर्घकालीन उद्देश्यका साथ अघि बढेको पार्टीमा अनेकौं सवालमा वादविवाद चल्नु स्वभाविक मात्र होइन। जरुरी पनि छ ।
पार्टीभित्रको एकताले प्रतिपक्षसँग सङ्घर्ष गर्ने बलियो शक्ति आर्जन हुन्छ भने संघर्षले पार्टीमा अग्रगति पैदा हुन्छ। त्यसैले पार्टीभित्र एकताको पक्षमा जोड दिईरहेको बेला संघर्षको महत्व बुझ्न नसक्नु र संघर्षलाई महत्त्व दिदा एकताको पक्ष बिर्सिनु हुँदैन। यी दुई पक्षमध्ये विशिष्ट स्थितिमा एउटा पक्ष प्रमुख महत्व हुने भएपनि अर्को पक्ष समेत निरन्तर कायम रहेको हुन्छ।
अर्कोलाई प्रभावित गर्छ। त्यसैले दुवै पक्ष अन्तरसम्बन्धित छन्। विश्व कम्युनिष्ट आन्दोलनमा जसरी पार्टीभित्र अनेकौं सवालमा अन्तर्विरोध उत्पन्न हुँदै आए र उक्त कारण आन्दोलनभित्र अनेकौं गठन विघटन पुनर्गठन विभाजन र एकीकरणका प्रक्रियाहरू अघि बढ्दै आए नेपालको कम्युनिष्ट आन्दोलन पनि यस्ता अनेकौं प्रक्रियाबाट अघि बढ्दै आएको छ। यसका पछाडि नेपाली समाजको वर्ग बनोट नेपाली समाजमा चल्दै आएका वर्गसंघर्ष वैचारिक संघर्ष पार्टीभित्र उत्पन्न अनेकौं विसङ्गति विकृति गुटबन्दी फुट र विभाजन जस्ता अनेक पक्ष रहेका छन्।
पार्टीभित्रको संघर्ष ठिक किसिमले खास नियम र पद्धतिका आधारमा सञ्चालन भएको अवस्थामा पार्टीमा अझ उन्नत स्तरको एकता कायम भएको र ठूलो सफलता प्राप्त भएको छ भने त्यसलाई निश्चित वैज्ञानिक नियम र विधिका आधारमा सञ्चालन गर्न नसक्दा पार्टी विभाजित र विखण्डित मात्र होइन क्रमश त्यस्ता पार्टीको अस्तित्वमाथि नै प्रश्न खडा भएको छ।
नेपाली समाजमा गठित र विकसित कम्युनिष्ट पार्टीले यो समाजको अग्रगति र क्रान्तिकारी परिवर्तनका लागि न्युक्लियसको काम गर्छ। त्यति मात्र होइन समाजको अग्रगतिको लागि उक्त पार्टीको हस्तक्षेपकारी र नेतृत्वदायी भूमिका हुन्छ। यदि कम्युनिस्ट पार्टी नेतृत्वदायी रुपमा अगाडि बढ्न सकेन भने त्यो समाज अधिकतम सुधारको तहमा सीमित रहन्छ र त्यहाँ आमूल क्रान्तिकारी परिवर्तन सम्भव हुँदैन। संसारमा कम्युनिस्ट पार्टीहरू सशक्त रुपमा अघि बढेको अवस्थामा विश्वका श्रमजीवी जनताका मुक्तिका दिन क्रमश नजिक हुँदै जान्छन्।
भने कम्युनिष्ट आन्दोलन कमजोर भएको अवस्थामा साम्राज्यवाद पुँजीवाद र प्रतिक्रियावादले टाउको उठाउने मात्र होइन एकलौटी हैकम कायम गर्ने अवस्था उत्पन्न हुने गर्छ त्यसैले आधुनिक युगमा समाज विकासका लागि र सर्वहारा श्रमजीवी वर्गका लागि मात्र नभई विश्व मानव जातिकै मुक्तिका लागि पनि कम्युनिष्ट आन्दोलनलाई सशक्त र प्रभावकारी रुपमा अगाडि बढाउनु आवश्यक छ। यो कामको नेतृत्व नेकपा एमालेले गर्नुपर्छ। लेखक सूर्य ढकाल हाल नेकपा एमाले केन्द्रीय सदस्य छन।















