बाँके\जेनजी आन्दोलनको क्रममा बाँकेको बैजनाथ गाउँपालिकामा रहेको नौवस्ता बाल सुधार गृहबाट भागेका ७८ जना बालबन्दीमध्ये ३८ जनालाई पक्राउ गरिएको छ । ४० जना अझै फरार छन् ।
जेनजी आन्दोलनको दोस्रो दिन भदौ २४ गते राति प्रहरीसँग भिडन्त गरेर ७८ जना बालबन्दीहरू बाल सुधार गृहबाट भागेका थिए । नौबस्स्ता बाल सुधार गृहका प्रमुख श्यामबहादुर रानाले भागेकामध्ये ४० जना बालबन्दी अहिलेसम्म सम्पर्कमा नआएको जानकारी गराएका छन।
भागेकामध्ये ३८ जनालाई पक्राउ गरेर बाल सुधार गृहमा ल्याइसकिएको र अझ ४० जना पक्राउ पर्न बाँकी रहेको उल्लेख गरेका छन।















