१९ मंसिर २०८२, बिहीबार

कस्तो रहला आज देशभरको मौसम ?
  • न्युज मानसराेवर

बाँके\हाल देशभर कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज बिहान गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ ।

आज दिउँसो कोशी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ ।आज राति भने देशभर मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।

  • १९ मंसिर २०८२, बिहीबार प्रकाशित

  • Nabintech